बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वन्यजन्तुलाई खानेपानीका पोखरी बनाउँदै आरक्ष

वन्यजन्तुलाई खानेपानीका पोखरी बनाउँदै आरक्ष


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

बागलुङ, २५ वैशाख– ढोरपाटन शिकार आरक्षका वन्यजन्तुलाई खानेपानीको सहजताका लागि पोखरी निर्माण सुरु गरिएको छ । ढोरपाटन शिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पोखरी निर्माण गर्ने भएको हो ।
आरक्षमै रहेका मुहान र खोल्साहरुको उपयोग गरेर वन्यजन्तुलाई प्रयोग गर्न सहज हुनेगरी पोखरी निर्माणको काम थालिएको प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेलले बताए । आरक्षका छ वटा व्लकमा पोखरी निर्माण हुनेछन् । सुनदह, स्याङ्ग, दोगाडे, घुस्तुङ र बार्से व्लकमा पोखरी निर्माण हुनेछन् । त्यहाँ पानीको मुहान भएका भएपनि वन्यजन्तुको प्रयोगका लागि सहज छैन् ।
खानेपानीको असहजताका कारण घण्टौ हिँडेर वन्यजन्तुले पानीको प्रयोग गर्ने गरेको आरक्षको अनुमान छ । ‘वन्यजन्तुको विचरण क्षेत्रका आधारमा पोखरी बनाउन थालिएको हो’ कँडेलले भने ‘शिकार आरक्षका वन्यजन्तुका लागि आहार, पानी र लुक्ने ठाउँको उपयुक्त व्यवस्थापन गर्नु हाम्रो दायीत्व हो ।’
प्राकृतिक पोखरी जस्तै २५ देखि २७ मिटर लम्वाई र २० देखि २२ मिटर चौडाईका पोखरी बन्ने छन् । एक मिटर गहिरो पोखरीमा वन्यजन्तुले सहजै पानीको प्रयोग गर्न सक्ने कँडेल बताउँछन् । पोखरीमा मुहानबाट आउने पानी सहज हिसाबले बग्नेगरी डिजाईन हुनेछ । ‘वन्यजन्तुले नयाँ पोखरी बनेको थाहा नपाउने गरी प्राकृतिक हिसाबमा पानीको प्रयोग गर्नेछन्’ उनले भने ‘डुबेर नमर्ने र पानी नसुक्ने गरी पोखरीको डिजाईन हुनेछ ।’
पानीको उपयोग सहज हुँदा वन्यजन्तुको संख्या बढाउन सहज हुने उनको तर्क छ । पानी खोज्न हिँड्ने समय र पानीको अभावक कारण मृत्यु हुने वन्यजन्तुको संख्या घट्दा संख्या बृद्धि हुने उनले बताए । पोखरीले सुख्खा सिजनमा सबैभन्दा धेरै वन्यजन्तुको लागि सहयोग पुग्ने छ । खोलामा प्राकृतिक हिसाबले बगेको पानीको उपयोग गर्न वन्यजन्तुलाई कठिन हुने गरेको आरक्षको बुझाई छ । पानी भएर पनि जमेको पानी नहुँदा वन्यजन्तु तथा पंक्षीहरुले समेत धित मर्नेगरी पानीको प्रयोग गर्न पाउँदैनन् ।
शिकार आरक्ष क्षेत्रबाट पानी खोज्न बस्तीहरुमा निस्किने वन्यजन्तुका कारण आबाधि क्षेत्रमा हुने क्षति कम गर्न समेत पोखरीले सहयोग पु¥याउने छ । ‘बासस्थान सरल र सहज हुनुपर्छ तब मात्रै वन्यजन्तुले आफ्नो ठाउँ छोड्दैन’ कँडेल भन्छन् ‘हामीले हरेक वर्ष वन्यजन्तुका सहजताका लागि निर्माण गर्ने पूर्वाधार मध्येको एक योजना पोखरी निर्माण हो । ८ वटा पोखरी निर्माणका लागि शिकार आरक्षले १७ लाख ३४ हजार ७ सय ८४ रुपैयाँ खर्चिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->