बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुलीमा वडाले एम्बुलेन्स खरिद गर्ने

देवचुलीमा वडाले एम्बुलेन्स खरिद गर्ने

एम्बुलेन्सका लागि १२ लाख रुपैयाँ आवश्यक पर्ने, अहिलेसम्म ४ लाख संकलन ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २६ २०७८, आइतबार

नवलपुर, २६ वैशाख– बैशाख २० गते सोमबार देवचुलीमा कोरोना संक्रमित बिरामीले एम्बुलेन्स नपाएर समयमै अस्पताल पु¥याउन नसक्दा मृत्युवरण गर्नुपरेको हृदयविदारक घटनाले सबैलाई एकैपटक झस्कायो ।
देवचुली नगरपालिका ठेगाना राखेरै सञ्चालित नगरभित्र १० वटा एम्बुलेन्स छन् । तर, एउटा पनि एम्बुलेन्स मृत्युसँग जुधिरहेका बिरामीले उपभोग गर्न नपाएपछि बिरामीले अकालमै ज्यान गुमाउनुप¥याृ ।
जस्तोसुकै परिस्थितिमा उपलब्ध गराउने उदेश्यसहित देवचुली नगरपालिका १२ ले थालेको एम्बुलेन्स खरिद तथा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्ने अभियान थालेको छ । अभियानअन्तर्गत अहिलेसम्म ४ लाख ४३ हजार रुपैयाँ संकलन भइसकेको छ ।
संक्रमित व्यक्तिको मृत्यु भएपछि भोलिपल्टै एक समूहले नगरपालिका घेराउ गर्दै नगरपालिको जिम्मेदारितामाथि प्रश्न उठाएका थिए । स्थानीयले नगरलाई प्रश्न उठाइरहेकाबेला वडा १२ वडा कार्य समिति र स्थानीय आमा समूह, टोलसुधार समिति, क्लब लगायत राजनैतिक अगुवाहरुको सर्वपक्षीय बैठकले वडा समितिको पहलमा ईच्छुक दाताहरुको सहयोग समेत जुटाउँदै यथाशीघ्र एम्बुलेन्स खरिद गर्ने निर्णय भएको वडाध्यक्ष दिनानाथ भुसाल (दिनेश)ले बताए ।
विरोधका लागि विरोध गर्ने र जनताले महसुस गर्ने गरी व्यवहारमै नउतारी कागजी, प्रतिवेदन र प्रक्रियामा मात्रै कार्यान्वयन र प्रगति उल्लेख गर्नुभन्दा नागरिकले अनुभव गर्ने र ब्यवहारमा देखिने गरी काम गर्नुपर्ने प्रतिक्रिया दिँदै वडाध्यक्ष भुसालले वडाले थालेको मानवीय संवेदनासँग जोडिएको अभियानमा जोडिन आग्रह गरेका छन् ।
एम्बुलेन्स खरिदका लागि करिव १२ लाख रुपैयाँ जुटाउनुपर्ने भएकाले सो अभियानमा सवै सरोकारवालाहरुले ऐक्यवद्धता जनाउँदै एकसाथ दाताहरुसँग मदतका निम्ति लागिपरेका छन् ।
देवचुली नगरपालिका अन्तर्गत रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र हाल प्रस्तावित दुम्कौली नगर अस्पतालमा मात्रै एउटा सरकारी एम्बुलेन्स छ भने अन्य ९ वटा एम्बुलेन्स नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी अस्पताल तथा बिभिन्न सामाजिक ब्यक्तित्वहरुको स्मृतिमा स्थापित प्रतिष्ठानहरुको नाममा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->