बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओली सरकार भोलीबाट जिम्मेवारी मुक्त : प्रवक्ता श्रेष्ठ

ओली सरकार भोलीबाट जिम्मेवारी मुक्त : प्रवक्ता श्रेष्ठ


  • राजेन्द्र न्यौपाने
  • बैशाख २६ २०७८, आइतबार
Narayan Kaji Shrestha

वैशाख २६ गोरखा – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् ।

गृह जिल्ला गोरखामा आईतवार पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने बताए । केही दिनमै बहुमतको नयाँ सरकार बन्ने उनको दावी थियो ।

‘माओवादी, नेपाली कांग्रेस लगायतका पार्टीहरुले विश्वासको मत नदिने निर्णय गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी र निरंकुशतावादी प्रवृत्ति, राष्ट्रिय स्वाधिनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमताले उनी सरकार चलाउन सक्षम छैनन् भन्ने स्पष्ट भएको छ ।’

उनले अध्यादेशबाट शासन गर्ने केपी ओलीको शासकीय शैलीका कारण मुलुक नै समस्यामा परेको वताए । प्रवक्ता श्रेष्ठले भने, ‘यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन, भोलिका दिनबाट यो सरकार जिम्मेवारीबाट मुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->