सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बहुमत पुर्‍याएर सरकार बनाउन कांग्रेस-माओवादी कसरतमा

बहुमत पुर्‍याएर सरकार बनाउन कांग्रेस-माओवादी कसरतमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली

पोखरा, २७ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा दिएपछि अहिले विपक्षी दलहरु नयाँ सरकार बनाउन आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गर्दै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेपछि विपक्षी दलमा पनि सरगर्मी बढेको हो ।

६० सिटे प्रदेश सभामा नयाँ सरकार बनाउन ३१ मत चाहिन्छ । कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि अहिले विपक्षी ४ दलले गठबन्धन गर्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् ।

नयाँ मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गर्दै सभामा दाबी पेश गर्ने विपक्षी दलहरुको तयारी छ । यसअघि सभामा पेस भएको अविश्वास प्रस्तावमा पनि उनैलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता नेपालीले आफ्नो नेतृत्वमै सरकार बन्ने र तोकिएकै मितिमा हस्ताक्षर बुझाउने बताए ।

मुख्यमन्त्री गुरुङको राजीनामासँगै प्रदेश सभामा पेश भएको अविश्वास प्रस्ताव निस्क्रिय भइसकेको छ । प्रदेशमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्र सभामुखसहित १२, जनमोर्चा ३, जसपा २ र स्वतन्त्र सांसद एक सिट छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->