घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) ?
उत्तर :
स्टेरोइड औषधि खान सुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो।
अक्सिमिटरले अक्सिजनको लेबल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।
कि त Tab Dexamethasone 6 mg (०.5 mg का १२ चक्की) एकैचोटि दिनको १ पटक
कि त Tab Prednisolone 40 mg दिनको १ पटक खानापछि खाने।
यो औषधिले ब्लडसुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।
औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छाड्नु हुँदैन।
तर यो औषधि सुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिँ अक्सिजन सुरु गर्नैनपर्ने हुन सक्छ।
यी औषधि बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेका बेला मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।
(असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसैगरी उपचार गर्न सल्लाह दिइरहनुपरेकाले अरू असंख्य मानिस यस्तै परिस्थितिमा भएको आकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नैपर्ने भएकाले यो लेख्दैछु।) नेपालखबर





