सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गठबन्धनलाई समर्थन गर्न राजमोको ह्विप

गठबन्धनलाई समर्थन गर्न राजमोको ह्विप


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

पोखरा, २७ वैशाख– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ । दलकी सचेतक पियारी थापाले माओवादी–कांग्रेस–जसपाको गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेकी हुन् ।
‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि समर्थन गर्ने प्रायोजन हुँदा तत् बमोजिम हाम्रो संसदस्य दलका सदस्यहरुले हस्ताक्षर गर्न यो निदेर्शन (ह्विप) जारी गरिएको छ,’ पत्रमा भनिएको छ ।
प्रदेश सभामा जनमोर्चाको ३ सिट छ । सांसद थापाले सांसद कृष्ण थापा र खिमविक्रम शाहीको नाममा छुट्टाछ्ट्टै निर्देशन जारी गरेकी हुन् । उद्यपि पार्टी संसदीय दलका नेता भने कृष्ण थापा छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्र्दै प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिइसकेपछि विपक्षी दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन गरेका छन् । ४ दलीय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरेको छ ।
स्रोतका अनुसार जनमोर्चा सांसद कृष्ण थापा र खिमविक्रम शाही कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न चाहँदैनन् । यसअघि पनि उनीहरु मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नै समर्थन गर्दै आएका थिए । तर, पार्टी अध्यक्ष चित्रबहादुर केसीले गुरुङ सरकारलाई समर्थन गर्न नसकिने बताएपछि प्रदेश राजनीतिमा नयाँ तरंग आएको थियो ।
जनमोर्चाबाट पियारी थापामात्रै नयाँ सरकार पक्षमा छिन् । ‘२ सांसद नयाँ सरकारको पक्षमा हस्ताक्षर नगर्ने देखिएपछि पार्टीबाट ह्विप जारी गरिएको हो,’ स्रोतले भन्यो ।
यसअघि प्रदेश सभामा जनमोर्चा बाहेक ३ दलले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमाथि आज ९सोमबार० मतदान गर्ने कार्यसूची थियो । तर, मतदान हुनु अघि नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
यसअघि पनि बैशाख १५ गते हुने भनिएको अविश्वास प्रस्ताव मतदानकै दिन सांसद शाही ‘बेपत्ता’ भएका थिए । आफ्नो सांसद सम्पर्कविहीन भएकोले ‘खोजी गरी पाऊँ’ भन्दै सचेतक पियारी थापाले प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । त्यही निवेदनका आधारमा सभामुखले प्रदेश सभा स्थगन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->