बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार

बागलुङ, २९ वैशाख– कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि यहाँका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीको अभाव छ । सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका आईसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेको हो ।
संक्रमितको उपचार हुने आईसोलेसन कक्षमा नै सामग्रीको अभाव हुन थालेपछि पत्रकार महासंघ बागलुङले दाताहरुको सहयोगमा स्वास्थ्य सामग्री जुटाउने अभियान सुरु गरेको छ । मंगलबार अन्तराष्ट्रिय बागलुङ समाजको सहयोगमा महासंघले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
अस्पतालको आईसोलेनका लागि उच्च गुणस्तरका ५० थान पिपिइ, १५ लिटर सेनिटाईजर, ४ प्याकेट ग्लोव्स र १० प्याकेट मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको शाखा अध्यक्ष नरेश कँडेलले बताए ।
हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले सरकारले मात्रै महामारीको सामना गर्न नसक्ने बताए । दाताहरुले दिएको सामग्रीले कोभिड–१९ विरुद्धको लडाईंमा स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उनको भनाई थियो । अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले बिरामीको चाप बढेपछि स्वास्थ्य सामग्रीको अभाव हुन थालेको बताए ।
महासंघले जिल्लाभरका सबै स्थानीय तहमा पिपिई, मास्क, सेनिटाईजर लगायतका सामग्री पु¥याउने अभियान थालेको छ । स्थानीय तहका आईसोलेसनमा सामग्रीहरुको थप अभाव रहेको जानकारी प्राप्त भएकाले अन्तराष्ट्रिय बागलुङ समाजको सहयोगमा पहिलो चरणका सामग्री पठाउने तयारी भएको हो ।
बागलुङ नगरपालिकाले सञ्चालन गरेको आईसोलेसको लागि पिपिई ५ थान, सेनिटाईजर १० लिटर, मास्क १० लिटर र ग्लोव्स ३ प्याकेट उपलव्ध गराईने छ । ताराखोला गाउँपालिकामा रहेको आईसोलेसनका लागि १० थान पिपिई, १ प्याकेट ग्लोव्स, ७ प्याकेट मास्क र ३० थान ज्वरो नाप्ने यन्त्र सहयोग गरिने अध्यक्ष कँडेलले बताए । अन्य ८ स्थानीय तहका लागि ४÷४ थानका दरले पिपिई ७ प्याकेटका दरले मास्क र ग्लोव्स तथा सेनिटाईजर उपलव्ध गराइने छ ।
शव व्यवस्थापनको लागि स्वास्थ्य कार्यालय बागलुङ र पत्रकारहरुका लागि महासंघ बागलुङमार्फत अन्तराष्ट्रिय बागलुङ समाजले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । विदेशमा रहेका बागलुङलेहरुको सहयोगमा संकलित रकमले स्वास्थ्य सामग्री खरिद गरेर महासंघको समन्वयमा वितरण गरिएको समाजका सदस्य बेलुकाजी थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->