बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कृष्ण थापा हस्ताक्षर नगरी बागलुङ हिडे, महासचिव हस्ताक्षर कुर्दै

कृष्ण थापा हस्ताक्षर नगरी बागलुङ हिडे, महासचिव हस्ताक्षर कुर्दै

गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म, जनमोर्चाका कारण आवश्यक संसद्को हस्ताक्षर पुगेन


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङतर्फ हिडेका छन् । केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए । तर, हस्ताक्षर लिने भनिएका सांसदचाहिँ बागलुङ लागेका छन् । सांसद थापाले पत्रकार विशन क्षेत्रीसंग फोनमा कुरा गर्दै भने, “म त बागलुङतर्फ लागेँ । घर पुग्दैछु ।”

महासचिवले त हस्ताक्षर गर्नुहुन्छ भन्नुभएको थियो, हस्ताक्षर गर्नुभयो त ? भन्ने प्रश्नमा उनले भने, “मैले हस्ताक्षर गरेको छैन, केही बेरमा बागलुङ पुग्छु ।” उनले पार्टीका कोही पदाधिकारीसँग कुरा नगरेको बताए । कारबाहीबारे पनि आफू जानकार नरहेको उनले बताए । उनले आफूलाई कारबाही हुने भन्ने सुनेको र घरतिर लागेको बताए । “खै के कारबाही हुने हो रे, त्यही भएर म त घरतिर बस्न आएँ,” उनले भने ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीको ‘आफ्ना सांसद बिक्री भएको’ भन्ने अभिव्यक्तिको पनि उनले खन्डन गरे । “मैले त हस्ताक्षर नगर्ने नै भनेको हुँ, गर्दिनँ पनि । अर्कैले गर्दिन पनि के बेर, त्यसो भए त म मुद्दा हाल्छु । पैसा खायो भनेर भन्दा त सहेर बसेको छु । मैले पैसा खाएको भन्नेलाई प्रमाण देखाउन चुनौती दिन्छु ।”
गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमा आज ४ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घन्टा मात्र रहँदा दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुरयाउन सकेका छैन्न ।

६० सदस्य प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । पाँच दलमध्ये तीन सिट रहेको जनमोर्चा सरकार गठनका लागि निर्णायक अवस्थामा छ । उसले जसलाई सहयोग गर्छ उसैको सरकार बन्ने अवस्था गण्डकी छ । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, नेपाली काग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->