बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रतिरोधामक क्षमता बढाउने औषधि बाँड्दै औषधालय

प्रतिरोधामक क्षमता बढाउने औषधि बाँड्दै औषधालय


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार

बागलुङ, २९ वैशाख– धौलागिरी आर्युेवेद औषधालयले आँफैले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि वितरण सुरु गरेको छ ।
कोरोना महामारीको चपेटामा परेका सर्वसाधारणलाई राहत दिनका लागि औषधालयले विभिन्न जडिबुटीको मिश्रण बनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि तयार पारेको हो । ‘आयुर क्वाथ’ नामको औषधि सर्वसाधारणका लागि निशुल्क वितरण थालेको औषधालयले जनाएको छ ।
शास्त्रीय औषधिहरुको समिश्रण गरेर नेपाल सरकारकै प्रोटोकल अनुसार औषधि तयार भएको औषधालयका प्रमुख डा. सरोज कुमार रायले बताए । मंगलबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई औषधि हस्तान्तण गर्दै सर्वसाधारणका लागि औषधि उपलव्ध गराउने अभियान सुरु गरेको रायले बताए ।
गुर्जो, सुठो, पिप्ला, मरिच, बेसार, जेठी मधु र सुदर्शन चुर्णको मिश्रण रहेको ‘आयुर क्वाथ’ औषालय आँफैले तयार पारेको हो । यो औषधिको नियमित सेवनले शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने उनको जिकिर छ ।
‘हामीले तयार गरेको औषधि होईन शरीरको रोग प्रतिरोधातमक क्षमतालाई सहयोग गर्ने सहयोगी हो’ डा. रायले भने ‘यसको नियमित प्रयोगले संक्रमित र संक्रमणबाट बच्नका लागि दुवै अवस्थामा सहयोग गर्छ ।’
यो औषधि औषधालयबाट निशुल्क लिन सकिने रायले बताए । हरेक दिन बिहान एक चम्चा ‘आयुर क्वाथ’ एक गिलास पानीमा उमालेर आधा गिलास भएपछिको झोल प्रयोग गर्दा उपयोगी हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->