बागलुङ, २९ वैशाख– धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्षा र भेण्टिलेटर भरीएपछि कोरोना भाईरसका गम्भिर बिरामीलाई हेलिकप्टर मार्फत पोखरा पठाईएको छ । बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० बर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम भएपछि पोखरा पठाईएको हो ।
‘यहाँ आईसियु र भेन्टिलेटर खालि छैन्, त्यहाँ रहनुभएका सबैको अवस्था उस्तै छ’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले भने ‘अवस्था गम्भिर भएकाले परिवारले लैजान्छु भन्नुभयो, हामिले पठायौं ।’ आईसोलेसनमा उपचार गराईरहेका उनको स्वास प्रस्वासमा ठुलो समस्या छ । निमोनियाले फोक्सोमा समस्या पारिसकेको बिकले बताए ।
मणिपाल शिक्षण अस्पताल पोखराले शैया उपलव्ध गराउने भएपछि उनलाई पोखरा पठाईएको हो । अस्पतालमा अहिले ३२ जना संक्रमितलाई उच्च गतिमा अक्सिजन दिएर उपचार भैरहेको छ । ७ जना संकास्पद बिरामी समेत सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने खालका बिरामी छन् । बिकका अनुसार अस्पतालमा तीन शैयाको सघन उपचार कक्ष छ । तीन वटा भेण्टिलेटर समेत प्रयोगमानै छन् ।





