बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बौदीकालीमा वित्तीय संस्था जेठ ४ गतेसम्म बन्द

बौदीकालीमा वित्तीय संस्था जेठ ४ गतेसम्म बन्द


  • Dhorpatan News
  • बैशाख ३० २०७८, बिहिबार

नवलपुर, ३० वैशाख– एकैपटक संकलन गरिएका शतप्रतिशत स्वाव नमूनामा कोभिड पोजेटिभ आएपछि बौदीकालीका ८ जनामा गरिएको एन्टिजेन परीक्षण भने नेगेटिभ आएको छ । बौदीकाली ३ मा शनिबार स्वाव संकलन गरी पठाएको ४ दिनपछि मंगलबार प्राप्त रिपोर्टमा शतप्रतिसत नमूनामा कोभिड पोजेटिभ देखिएपछि आज बुधबार गरिएको ८ जनाको एन्टिजेन परिक्षणमा ८ जनामै कोभिड नभएको रिपोर्ट आएको हो ।
बौदीकाली गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत २४ जनामा संक्रमण पुष्टि भएपछि ती संक्रमितको नजिकको सम्पर्कमा रहेकाहरुको एन्टिजेन परीक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।
जनप्रतिनिधि र कर्मचारीहरुसँगको नजिकैको सम्पर्कमा रहेका गाउँपालिकाका अन्य कर्मचारी, जनप्रतिनिधिको कोरोना रिर्पोट नेगेटिभ आएको हो । ‘हामीसँगसँगै काम गर्नुहुने कर्मचारी र काममा सँगसँगै जसो सम्पर्क हुनुहुने जनप्रतिनिधिलाई संक्रमण देखिएपछि हामीले परिक्षण ग¥यौं रिपोर्ट नेगेटिभ आएपछि अहिलेलाई सुरक्षित देखिएका छौ,’ सुवेदीले भने, ‘अब स्थानीयको कन्ट्याक ट्रेसिङ र नमूना संकलन परीक्षणको तयारी गाउँपालिकाले गरेको छ ।’
एकैपटक वडा नं. ३ मा संक्रमितहरु फेला परेपछि जिल्ला प्रशासन कार्यालय जारी गरेको निषेधाज्ञालाई पालना गर्न आग्रह गर्दै गाउँपालिकाले थप निर्देशन सहितको बिज्ञप्ति निकालेर जेठ ४ गतेसम्मका लागि तोकिएका गतिविधि नगर्न सूचित गरेको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा गाउँपालिकाभित्रका सबै सरकारी, गैरसरकारी संघसंस्था, बैंक–वित्तीय, लघुवित्त, सहकारी संस्थाहरु, होटल, व्यवसाय, पसल लगायतका क्षेत्रहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ भने खाद्यान्न, औषधि पसल जस्ता अत्यावश्यक क्षेत्रहरु मात्र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सञ्चालन गर्न भनिएको छ ।
यस्तै, जोखिम प्रभावित र सम्भावित स्थान, टोलमा कन्ट्याक ट्रेसिङको काम शुरु भइसकेकाले बौदीकाली गाउँपालिकाको वडा नं. ३ मा अन्यत्रबाट मानिसहरु प्रवेश नगर्न र ३ बासीहरु पनि अन्यत्र नजान आग्रह गरेको छ ।
नवलपुरमा अन्य पालिकामा रहेका बैंक वित्तीय, सहकारी संस्थाहरुले दिनको २ घण्टा सेवा प्रवाह गरेका छन् । औषधि तथा भेटेरिनरी पसलहरु बिहानैदखि बेलुकासम्म खुलेका छन् । दैनिक उपभोग्यका खाद्यान्न, तरकारी–फलफूल, दूध, माछा–मासुका पसल बिहान ३ घण्टा, बेलुका ३ घण्टा खुलेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->