शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३० २०७८, बिहिबार
धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव वाहिर निकाल्दै स्वास्थ्यकर्मी । तस्वीर: ढोरपाटन ।

बागलुङ, ३० वैशाख – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका थिए । उनको हिजो स्वाव संकलन गरेर परीक्षण गरिएको थियो । आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताए । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->