शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !

कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७८, बिहिबार
कोरोना संक्रमित शवलाई जलाउदै । फाईल तस्विर

पोखरा, ३० वैशाख– कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पोखराकै छन् । यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका पोखरा १७ का ७३ वर्षीय पुरुष,पोखरा ७ का ४५ वर्षीय महिला र पोखरा १७ का ४४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।
यता,पोखरा ८ का ५० वर्षीय पुरुष, पोखरा १५ का ६५ वर्षीय पुरुष र पोखरा १७ का ३० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा १२ का ७८ वर्षीय पुरुषको फिस्टेल अस्पताल र पोखरा २२ का ६९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । दाङको लालमटिया १ का ८० वर्षीय पुरुषको मणिपालमा,म्याग्दीको बेनी ५ का ४० वर्षीय पुरुषको बेनी अस्पतालमै र बागलुङको ढोरपाटन नगरपालिका ९ का ५७ वर्षीय पुरुष,गलकोट २ का ५२ वर्षीय पुरुष र गलकोट ३ का ६४ वर्षीय पुरुष तथा बागलुङ नगरपालिका ४ का ७७ वर्षीय पुरुषको धौलागिरी अस्पतालमै निधन भएको छ ।
स्वास्थ्य निर्देशनालयले १४ जनाको निधन भएको बताए पनि संख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । गण्डकीमा हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३१ पुगिसकेको छ । तीमध्ये ६ हजार ८६८ जना होम आइसोलेसनमा छन् । बिहीबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५०६ जनालाई संक्रमण पुष्टि भएको छ । १ हजार ३ जनामा परीक्षण गर्दा आधामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१० जना पोखराकै मात्र छन् । अस्पतालका बेडहरु भरिएका छन् । लेखनाथमा भएको संक्रामक रोग अस्पतालको ५२ वटा बेड नै बिरामीले भरिएको कार्यकारी प्रमुख डाक्टर विकास गौचनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->