बागलुङ, ३० वैशाख–जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले बागलुङमा थप १५ दिन निशेधाज्ञा लगाउनकाालागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने समेत सहभागिले सुझाव दिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
बैठकले सुरक्षा समितिलाई सिफारिस गरेपछि सुरक्षा समितिले निशेधाज्ञाको आदेश जारी गर्ने कानुनी प्रावधान छ । यस अघि बित्तिय संस्था नियमित खुलेका थिए । पछि प्रशासनकै आदेशले आलोपालो खुलेका थिए । अब भने व्यवसाय, बैक तथा वित्तिय संस्था समेत पूर्ण रुपमा ठप्प हुने बताइएको छ ।
बैसाख २१ गतेदेखि बागलुङमा निशेधाज्ञा लगाइएको थियो । कोरोना संक्रमितको संख्या भने दिनदिनै बढेपछि कडा लकडाउन गर्ने निर्णय गरेको उनले जानकारी दिए । अत्यावस्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो । बागलुङ नगरपालिका, काठेखोला गाउ“पालिका लगायतले लकडाउन गर्न मंगलवारै डिसीसीएमसीलाई सिफारिस गरेका थिए । बागलुङमा कोरोनाका संक्रमित दिनदिनै १ सयबढी बढीरहेका छन् ।





