बागलुङ, ३१ वैशाख– बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ फलाँटेचौरमा माटोको ढिस्कोले पुरीएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडाको रात्माटाका ३३ वर्षिया भवी कुँवर र उनका छोरा १४ वर्षका सुरेश कुँवरको पुरिएर मृत्यु भएको वडा अध्यक्ष कुविर विश्वकर्माले जानाकारी दिए । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
घटनापछि अहिले इलाका प्रहरी कार्यालय झिँवाखोलाका प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयको सक्रियतामा माटोले पुरिएकाको शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
शवको पोष्टमाटम गरि अन्त्येष्टीको तयारी गरिएको बताइएको छ । मृतक भवी कुवँरका श्रीमान रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उनका अरु दुई छोरो रहेको स्थानीयले बताएका छन् ।





