सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

उचाइ लिँदै फिस्टेल एकेडेमी

उचाइ लिँदै फिस्टेल एकेडेमी


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १ २०७८, शनिबार

पोखरा, १ जेठ– पोखरा १७ बिरौटामा रहेको फिस्टेल एकेडेमीले १ अर्बको लगानीमा आधुनिक भवन निर्माण गरेको छ । १८ रोपनी जग्गामा फैलिएको विद्यालय भवन अन्तर्राष्ट्रिय स्तरको रहेको विद्यालयक संस्थापक निर्देशक चिनु रानाभाटले जिकिर गरेका छन् । उनका अनुसार विद्यालयले थप २२ रोपनी जग्गामा खेल मैदान निर्माण भइरहेको पनि उनले बताए ।
उनका अनुसार विद्यालयका सबै कोठाहरुमा एयर कण्डिसन राखिएको छ । एउटा कोठामा ३० जना विद्यार्थी मात्रै राख्ने व्यवस्था मिलाइएको छ भने प्रयोगशाला, पुस्तकालय सबै आधुनिक तबरले बनाइएको छ । उनका अनुसार
हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भ¥याङ राखिएको छ । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक रानाभाट बताउँछन् । फिस्टेलले यही शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा विज्ञान विषयको पढाई सुरु गर्दैछ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->