बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडकमै बस्न थाले स्वयंसेवक, बलेवामा थप कडाई

सडकमै बस्न थाले स्वयंसेवक, बलेवामा थप कडाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार

बागलुङ, १ वैशाख–  बलेवामा निशेधाज्ञा जारी भएको २३ दिन भैसक्दा समेत संक्रमित घटेका छैनन् । बागलुङ नगरपालिकाअन्र्तगत बलेवा क्षेत्रमा पर्ने तीनवटै वडामा जाँच भएकामध्ये आधाभन्दा धेरैमा संक्रमण पुष्टि भैरहेको छ । निशेधाज्ञामा समेत सवारी र सर्वसाधारणको आउजाउ रोकिएको छैन् ।
वडा कार्यालयहरुले घरबाहिर ननिस्कन कडाईका साथ आग्रह गरेको भएपनि भीड जम्मा हुने, धार्मिक तथा साँस्कृतिक कार्यमा सहभागि हुने र सदरमुकाम तथा जिल्लाका अन्य ठाउँहरुमा आउने जाने भैरहेको छ । निशेधाज्ञाको कार्यान्वयन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बागलुङ नगरपालिका–१३ पुञ्युपाटाले सुरक्षाकर्मीका साथमा सिमा नाकाहरुमा स्वयंसेवक खटाउन थालेको छ । वडा प्रवेश गर्ने सडकका नाकामा वडा सदस्यहरुको नेतृत्वमा स्वयंसेवक खटाईएको वडा सदस्य भवानी प्रसाद रिजालले बताए ।
‘हामी सडकमै बसेर वडा प्रवेशमा रोक लगाएका छौं, एक घरबाट अर्को घरमा जान समेत रोक लगाउनुपर्ने अवस्था आयो’ रिजालले भने ‘नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथमा वडाका स्वयंसेवकहरु खटिनुभएको छ ।’
गाउँमा खेतबारीको काम गर्न समेत एकाघरका मान्छेले मात्रै गर्न भनिएको छ । आलोपालो अर्मपर्म गर्न समेत रोक लगाईएको छ । वडाभित्रको अवस्था भयाबह भएको भन्दै वडाले सिमानाका सडकमै बसेर सवारीको आवगमन रोक्न थालेको हो । जिल्लाभर निशेधाज्ञा हुँदा खाद्यान्न, दुध, तरकारी र निर्माण सामग्रीको बहानामा सवारी चलेको पाईएपछि कडाई थालिएको रिजालले बताए ।
‘हाम्रो वडाको अवस्यकता सबै जानकारी राखेका छौं, बहानामा चल्ने र कोरोना ओहोरदोहोर गराउने काम रोक्छौं’ उनले भने ‘जाँच गर्दा बहाना बनाउने, बिचमा मान्छे बोक्ने सवारी नियन्त्रण र मानिसहरु भीड गरेर हिँड्न नदिँदा मात्रै धेरै जोखिम कम हुन्छ ।’ आफ्नै सुरक्षाका लागि बाहिर निस्किन रोक लगाईएको रिजालको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->