पोखरा, १ जेठ– नेपालमै पहिलो पटक प्रयोगमा आएको फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिगको उपाधी भिडन्त आज हुदैँ छ । काठमाण्डौँ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुन लागेको फाइनल खेलमा उपाधी दाबेदार मानिएको धनगढी एफसी र काठमाण्डौ रेजर्स बिच भिड्दै छन् । यस अघि लिगचरण र प्ले अफमा धनगढीले काठमाण्डौलाई हराइसकेको छ । दुई पटकसम्म हराएको धनगढीले ह्याट्रिक जित निकाल्ने तरखरमा रहेको छ ।
उता दुई पटकको हारको बदला लिदैँ उपाधी काठमाण्डौँ बाहिर जान नदिने दाउमा काठमाण्डौ देखिएको छ । दुई पटक हराएपनि धनगढीले भने काठमाण्डौँलाई सामान्य रुपमा भने लिएको छैन । फाइनल खेल भएकाले दुवै टोलीले उत्तिकै उत्कृष्ट प्रदर्सन गर्ने अपेक्षा लिइएको छ । खेलमा रोमाञ्चक के छ भने दुवै टोलीको कप्तानी गोलरक्षकले सम्हालेका छन् । धनगढीका गोलरक्षक राष्ट्रिय टिमका समेत पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले कप्तानी सम्हालेका छन । अर्को तर्फ राष्ट्रिय टोलीकै दोस्रो रोजाइका गोलरक्षक विकेश कुथुले सम्हाली रहेका छन् । यी दुई नेपाली फुटबलमा सफल गोलरक्षक हुन । धनगढीमा नेपाली फुटलबमा चर्चित विदेशी खेलाडी ओलावाले ओलाडिपो अफिज छन् । नाइजेरीयन खेलाडी ओलावाले मुख्य खेलाडी हुन । काठमाण्डौँ संगपनि लिगकै उत्कृष्ट खेलाडी मध्येका एक मेसौके ओलुमोउ र स्टेफेन समिर रहेका छन । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा जारी सुपर लिगको विजेटाले ३५ लाख रुपैँया प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट र उत्कृष्ट ेखलाडीले समान १–१ लाख रुपैँया प्राप्त गर्नेछन् । राउन्ड रोविन लिगको आधारमा खेलाइएका खेलमा ७ प्रदेशका ७ टिमको सहभागिता रहेको थियो ।





