शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोभिडले आमा खोस्दा बालिकाको अवस्था गम्भीर

कोभिडले आमा खोस्दा बालिकाको अवस्था गम्भीर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार
पोखरा, १ जेठ – कोभिड संक्रमणको कारण पोखरामा एक गर्भवतीको ज्यान गएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख भएकी तनहूँ भिमादकी २२ वर्षीया युवतीले संक्रमणको कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाएकी हुन् ।
भिमाद-५ की गर्भवती महिलामा वैशाख २८ गते कोभिड संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार गर्भवती महिलामा समस्या देखिएसँगै उनी अस्पताल आएकी थिइन् । अस्पताल आउँदा उनको पेटमा ७ महिनाको गर्भ थियो । परीक्षणमा कोभिड पुष्टि भएसँगै शल्यक्रियामार्फत् बच्चा निकालिएको थियो ।
महिलाको उपचारको क्रममा शनिबार निधन भयो भने ७ महिने बालिकाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तहरुका अनुसार उनको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->