शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१० दिनमा एकै परिवारका चार जनाको मृत्यु

१० दिनमा एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा शनिवार कोरोना संक्रमित एक महिलाको मृत्यु ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार
फाईल तस्विर

बागलुङ, १ जेठ– वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईयो । कोरोनाको आशंकामा लिईएको स्वाव परीक्षणमा वैशाख १८ गते संक्रमण पुष्टि भयो ।
अस्पतालको सघन उपचारकक्षमा उपचारहुँदा हुँदै उनको वैशाख २३ गते मृत्यु भयो । जिल्लाको वडिगाड गाउँपालिका–४ जलजलाका ८७ बर्षिय पुरुषको मृत्यु भएको १० दिनभित्र उनकै परिवारका अरु तीन जना सदस्यले ज्यान गुमाएका छन् ।
परिवारको जेष्ठ सदस्यको मृत्युको शोकमा रहेको परिवारले वैशाख ३० गते बेलुका ४० बर्षका अर्का पुरुष सदस्य गुमायो । उनको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । परिवारमा निरन्तर परिरहेको बज्रले उनिहरु बिछिप्त थिए । ४० बर्षिया छोराको मृत्युको खवर नसुनाएका गाउँलेले वैशाख ३१ गते विहान अर्को खवर पाए, गाउँनै शोकमा डुव्यो । पोखराको मणिपाल शिक्षण अस्पतालमा कोभिडको उपचार गराईरहेका बृद्धका अर्का ५१ बर्षिय छोरा पनि रहेनन् । एकै पटक छोराहरुको मृत्यु खवर पाएकी आमा अझै बिछिप्त छिन् ।
परिवारमा बज्रपात रोकिएको छैन । सोही परिवारकी चेली वडिगाड गाउँपालिका–५ ग्वालिचौरकी ५३ बर्षिया महिलाले शनिवार धौलागिरी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाईन् । उनको पनि मृत्युको मुख्य कारण कोरोना भाईरस नै हो । अस्पतालका अनुसार शनिवार दिउँसो उनको कोभिड–१९ र निमोनियाका कारण मृत्यु भएको हो ।
वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिनभित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप परीक्षण भएको छैन । तर संक्रमण पुष्टि भएकाहरुमै जटिल समस्या देखिएका मात्रै छैनन् बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृत्यु भैसकेको छ । अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घरमै बिरामी परेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->