पोखरा,१ जेठ-काठमाडौं रेजर्स खुकुरी नेपाल सुपर लिग च्याम्पियन बन्न सफल भएको छ । शनिवार भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई १-० को प्रतिस्पर्धात्मक नतिजाले हराउदै च्याम्पियन बनेको हो । उपाधीसंगै काठमाण्डौले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्यो ।
मेसौकेले खेलको २१औं मिनेटमा गरेका थिए । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईको खुट्टाबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको पासमा मेसौकेले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यससँगै मेसौकेले सम्पन्न लिगमा आफ्नो आठौं गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेका छन । प्रतियोगितामा ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर धनगढीका दिनेश राजवंशी र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १÷१ लाख प्राप्त गरे । यस्तै प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे । फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पा¥यो ।





