बागलुङ, २ जेठ– जिल्ला खेलकुँद बिकास समितिमा निर्वतमान अध्यक्ष तथा एमाले सचिवालय सदस्य धनबहादुर परियारले बागलुङ नगरपालिका १२ स्थित अमलाचौर स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
परियारले स्वास्थ्य चौकीकालागि ५ लीटर स्यानिटाइजर, ५ सय थान मास्क, १ हजार चक्की भिटामिन सी सहयोग गरेका हुन् । उनले ती सामाग्री स्वास्थ्य चौकी मार्फत स्थानीयलाई बितरणकालागि पठाएको स्वास्थ्यचौकीले जनाएको छ । परियारको घर पनि बानपा १२ अमलाचौर हो । बागलुङमा व्यवसाय गरेर बसेपनि उनले गाउँमा कोरोनाको प्रकोप बढेपछि स्वास्थ्य मापदण्ड पालना गर्न र सबै सुरक्षित बनुन् भनेर सानो सहयोग पठाएको बताए ।





