आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ला लिगा : बार्सिलोना उपाधी होडबाट बाहिरीयो

ला लिगा : बार्सिलोना उपाधी होडबाट बाहिरीयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७८, सोमबार

पोखरा,३ जेठ– बार्सिलोना जारी सिजनको ला लिगाको उपाधी होडबाट बाहिरीएको छ । आइतवार राती भएको खेलमा सेल्टा डि भिगोसंग बार्सिलोना २–१ गोलको हार व्यहोर्दै लिग तालिकाको तेस्रो स्थानमा रह्यो ।
खेलको २८ औ मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमै १–० ले अग्रता लिएपनि बार्सिलोनाले जोगाउन भने सकेन । अग्रता जोगाउन नसक्दा बार्सिलोनाले खेलको ३८ औ मिनेटमा सेल्टाका लागि सान्टी मिनाले गोल गर्दै बराबरी बनाए । १० खेलाडीमा सिमित बार्सिलोनाको लागि खेल सकिनु अघिको केहि मिनेट दुर्भाग्यपूर्ण रहन पुग्यो । खेलको ८९ औ मिनेटमा सान्टीले व्यक्तिगत दोस्रो गोल गर्दै जित दिलाए ।
हारसंगै बार्सिलोनाको ३७ खेलबाट ७६ अंक रहदैँ तेस्रो स्थानमा रह्यो । बार्सिलोनालाई हराउँदै सेल्टा डि भिगोको समान खेलबाट ५३ अंक बटुल्टै तालिकाको आठौँ स्थानमा रह्यो ।
लिग तालिकाको शिर्ष दुईमा रहेको एट्लेटिको मड्रिड र रियल मड्रिडले जित हात पार्दै अंक बटुल्दा बार्सिलोनाले भने हार व्यहोर्दै बाहिरीएको हो । सोमवारै भएको खेलमा रियल मड्रिडले एथलेटिको विल्वाओलाई १–० ले हराउँदै सोहि रात भएको अर्को खेलमा एट्लेटिको मड्रिडले ओसासुनालाई २–१ ले हराउँदै लिग तालिकाको शिर्ष स्थानमा रह्यो । ३७ खेलबाट एट्लेटिको मड्रिडको ८३ अंक रहेको छ । उता रियललेका ८१ अंक रहेको छ ।
सेभिल्लाको ७४ अंक रहेको छ । अन्य खेलमा इल्चेले क्याडिजलाई ३–१ ले हरायो । एलाभेसले ग्रान्डालाई ४–२, गेटाफेले लेभान्टेलाई २–१, रियल बेटिसले हुएस्कालाई १–०, रियल सोसिडाडले रियल भालाडोलिड ४–१, भ्यालेन्सियाले एइवरलाई४–१ र भिल्लारियलले सेभियालाई ४–० ले हरायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->