शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अस्थायी बेड व्यवस्था गरेर संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश

अस्थायी बेड व्यवस्था गरेर संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७८, मंगलबार

बागलुङ, ४ जेठ – सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता किर्तिनाथ शर्मा पौडेल

बागलुङका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा मंगलवार सुनुवाइ गर्दै सर्वोच्चले अक्सिजनको आपूर्ति प्रभावकारी बनाउन पनि आदेश दिएको छ । सर्वोच्चले कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी रहेकाहरुलाई अविलम्ब खोप दिन पनि आदेश दिएको छ । त्यस्तै क्वारेन्टिन र आइसोलेसनको प्रभावकारी व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->