बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीका कृषकलाई कृषि औजार वितरण

जैमिनीका कृषकलाई कृषि औजार वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

बागलुङ, ५ जेठ– कोरोना महामारीका बिच कृषि कर्ममा सहयोग पु¥याउनका लागि किसानहरुलाई कृषि औजार प्रदान गरिएको छ । बागलुङको जैमिनी नगरपालिका पैञ्युथन्थाप र १० राङ्खानीका किसानलाई लागि कृषि औजार वितरण गरिएको हो ।
कृषि ज्ञान केन्द्र बाग्लुङको वार्षिक कार्यक्रमअन्तर्गत हिमाल धान ब्लक समूहमा आबद्ध किसानलाई मिनीटेलर हलो, कम्बाइन मिल, चेम्सो मेसिन लगायतका कृषि औजार वितरण गरिएको हो । धानको व्याड राख्ने समय भएकाले किसानका सहजताको लागि भौतिक दुरी कायम राख्दै सामग्री वितरण गरिएको समुहका अध्यक्ष निर्मल रानाले बताए ।
समुहमा आबद्ध किसानका लागि २१ वटा मिनीटेलर हलो, ११ वटा कम्बाईन मिल र ३ वटा रुख काट्ने चेम्सो मेसिन वितरण गरिएको छ । पैञ्युथन्थाप र राङ्खानीको तल्लो भुभागका फाँटहरुलाई एकीकृत गरेर किसानले व्लक बनाएका छन् । एक सय हेक्टरभन्दा धेरै जमिनमा आधुनिक प्रविधिको प्रयोगमार्फत रैथाने र उन्नत जातको धान उत्पादन गर्ने लक्ष राखिएको रानाले बताए ।
‘हामीले धेरै जना जम्मा गरेर सामग्री दिन सकेनौं, त्रिपाल, धानको बिउ, मल लगायतका सामग्री हस्तान्तरण गर्न बाँकी छ’ रानाले भने ‘समय आउँदा किसानलाई अफ्ठ्यारो नपर्ने गरी सबै सामग्री पुरा गर्छौं ।’
धान व्लकका लागि यो वर्ष २२ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये चार वटा सिंचाई आयोजनाको काम चलिरहेको छ । औजार वितरणका लागि कृषि ज्ञान केन्द्र र जैमिनी नगरपालिकाको कृषि शाखाका प्रतिनिधिहरु राङ्खानी पुगेका थिए । औजार पाएपछि किसानले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->