बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नाकामा कडाई यात्रुलाई सचेतना

नाकामा कडाई यात्रुलाई सचेतना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार
सीमा नाकाबाट आफनो वडामा प्रवेश गर्नेका लागि कोरोना महामारी बारे सचेतना जगाउँदै जैमिनी नगरपालिका–६ जनप्रतिनिधि र सुरक्षाकर्मी ।

बागलुङ, ५ जेठ– जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवामा निशेधाज्ञालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र प्रहरी परिचालन गरिएको छ । वडा प्रबेश नाकाहरुमा जनप्रतिनिधिसहित बसेको सुरक्षाकर्मिले वडा प्रवेशमा कडाई गरेको हो । समुहले आवतजावतमा रोक लगाउने र कोरोना सम्बन्धि सचेतना प्रदान गर्ने गरेका छन् । महामारीको समयमा भएको निशेधाज्ञा उलंघन गर्दा आँफैलाई असर गर्ने भन्दै प्रहरी र जनप्रतिनिधिले सर्वसाधारणलाई जानकारी गराउने गरेका छन् । छिमेकी जिल्ला पर्वतसँग जोडिएका झोलुंगेपुल र अन्य स्थल मार्गमा कडाई गरिएको हो ।

कोरोना महामारी रोकथामका लागि अनावश्यक रुपमा ओहोरदोहोर गर्नेलाई रोक लगाउँदै जैमिनी नगरपालिका– ६ जनप्रतिनिधि र सुरक्षाकर्मी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->