पोखरा, ५ जेठ– कास्कीका जेठ १४ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । कोरोनाको संक्रमण दर दैनिक उकालो लाग्दै नियन्त्रणमा नआएपछि लकडाउन थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
प्रशासनद्वारा जारी सूचनामा आफू सम्मिलित हुने गरी मृत्यु संस्कारबाहेक कुनै गतिविधिमा सरिक नहुन पनि आग्रह गरेको छ । यसअघि जेठ ७ गतेसम्म लकडाउन घोषणा गरिएको थियो । कास्कीमा बुधबारसम्म कोरोनाबाट २ सय २० जनाको मृत्यु भइसकेको छ । बुधबारमात्रै कास्कीका ८ जना संक्रमितको मृत्यु भएको थियो । कास्कीमा अझै ३ हजा ९५६ सक्रिय कोरोना संक्रमित छन् ।





