शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आमाको स्मृतिमा कोरोना कोषमा ५० हजार

आमाको स्मृतिमा कोरोना कोषमा ५० हजार


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

बागलुङ, ६ जेठ– बागलुङको बरेङ गाउँपालिकाको एक परिवारले आमाको स्मृतिमा कोरोना महामारीसँग जुध्न गाउँपालिकालाई नगद सहयोग गरेको छ ।
बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीर भेडीखोर घर भई रोजगारीको शिलशिलामा हाल स्पेनमा रहेका स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माको परिवारले स्वर्गिय आमा टीकाकुमारी शर्माको स्मृतिमा ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उनीहरुले गाउँपालिकाको कोभिड कोषमा रकम जम्मा गरेका हुन् । कोरोना महामारीसँग जुध्न अग्रभागमा रहने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री खरिदमा सहयोग पुग्नेगरी रकम उपलब्ध गराएको शर्माले बताए । आमाको सम्झना ताजै राख्न परिवारले गाउँपालिकालाई सहयोग गरेको हो ।
‘महामारीसँग जुध्न सबैको साथ सहयोग चाहिन्छ, थोपा थोपा मिलेर सागर बन्ने हो, सागर बनेपछि महामारी भगाउन सहज हुन्छ’ शर्माले भने । परिवारका सदस्य छोरा दुर्गा शर्मा, बुहारी प्रगती शर्मा, नातिनीहरु मिसन शर्मा, प्राप्ती शर्मा तथा स्पेन नेपाली एकता समाजमार्फत बरेङलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->