शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा संक्रमितलाई आयुर्वेदीक औषधि

स्याङ्जामा संक्रमितलाई आयुर्वेदीक औषधि


  • हिमलाल पराजुली
  • जेष्ठ ७ २०७८, शुक्रबार

स्याङ्जा, ७ जेठ– स्याङ्जाका कोभिड १९ बाट संक्रमित बिरामीहरुलाई आयुर्वेदीक औषधि वितरण थालिएको छ । स्थानीय पालिकाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले संक्रमितहरुकालागि आयुर्वेदीक औष्धि वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको हो ।
होम आइसोलेसन र क्वारेन्टिनमा बस्दै आएका बिरामीहरुलाई सम्बन्ति ठाउँमा नै पुगरे रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक औषधिदिइएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुभद्रा कार्कीले बताइन । उनीहरुलाई नियमित योग,ब्यायाम सिकाउनुको साथै आयुर्वेदीक औषधिको सेवन एवंखानपानबारे ध्यान पु¥याउन आग्रह गरिएको उनले बताइन् । दिएको अवस्थामा कोरोना जितन सकिने प्रमुख कार्कीले बताइन । संक्रमितहरु परीक्षणको दायरामा नआउँदा र औषधि पनि नखाँदा जोखिम बढेर गएको छ’,उनले भनिन्,‘ यो अवस्थामा जनचेतना फैलाउनुपर्ने आवश्यकता देखियो ।’ संक्रमित खुल्न नचाहँदा परिवारसँगै सिंगो समाजमा नै संक्रमणको खतरामा परेको उनको भनाई थियो ।
पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पालिकामा संक्रमितको संख्या बढ्दै जानथालेपछि नगरपालिका र जिल्ला आयुर्वेदीक स्वास्थ्य केन्द्रबाट चिकित्सकसहितको टोली नगरभित्रका वडाहरुमा पुगेर औषधि वितरण तथा आवश्यक परामर्श दिइएको बताइन् । यसैगरी अर्जुनचौपारी गाउँपालिकामा पनि संक्रमितको घर–घरमै पुगेर औषधि वितरण गरिएको गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन् ।

कालीगण्डकी गाउँपालिकामा पनि संक्रमितहरुलाई पालिकामा रहेको नागरिक आरोग्य केन्द्रमार्फत् गाउँपालिकाको समन्वयमा आयुर्वेदीक औषधि वितरण गर्नुका साथै आवश्यक परामर्श दिइएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने र कुनै असर नगर्ने भएकाले चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा आयुर्वेदीक औषधि सेवन गर्दा संक्रमण जित्न सजिलो हुने स्वास्थ्य केन्द्रका प्रमुख डा.कार्कीको भनाइ रहेको छ ।

स्याङ्जामा यो समाचार तयार पार्दासम्म कुल १ हजार २ सय ३६ जना संक्रमित भएकाछन् भने १६० जना निको भएर घर फर्किएकाछन् ।
मृत्यु हुनेहरुको संख्या ५५ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ जना पुरुष र १८ महिला गरी ५३ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानारी अनुसार होम आइसोलेसनमा ४७७ महिला र ४५४ पुरुष रहेकाछन् भने आइसोलेसन केन्द्रमा ८ महिला र २९ पुरुषको उपचार भइरहेको छ । जिल्लामा ३१७ आइसोलेसन बेड र १८९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->