नवलपुर, ९ जेठ– नवलपुरको गैँडाकोट १ बृटिस क्याम्पमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई खुर्पा प्रहार गरेका छन् । खुर्पा प्रहारबाट आमा–छोरी घाईते छन् । आईतवार बिहान घरायसी विवाद हुँदा ६३ बर्षीय पुरुष हर्कबहादुर राईले धारिलो खुर्पाले प्रहार गर्दा ४६ बर्षीया श्रीमती धनकुमारी राई र १४ बर्षकी छोरी घाईते भएका ईलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको हो । ४६ वर्षीय श्रीमती राईको वायाँ हात र टाउकोमा गम्भीर चोट लागेको छभने १४ वर्षीया छोरीको दाइने हातमा चोट लागेको छ । छोरीको अवस्था मध्यम रहेको जनाईएको छ ।
घाईते आमा–छोरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । खुर्पा प्रहार गर्ने राई इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा छन् ।





