बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अभाव टार्दै दिगो व्यवस्थापनमा धौलागिरि अस्पताल

अभाव टार्दै दिगो व्यवस्थापनमा धौलागिरि अस्पताल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

बागलुङ, ९ जेठ– बिहिबार दिउँसो ४ बजे धौलागिरि अस्पतालमा सकिएका अक्सिजन सिलिण्डर भर्न पोखरा पठाइयो । सधैजसो १०÷१२ घण्टामा आइपुग्ने गाडीलाई २४ घण्टा लाग्यो ।
समयमा गाडी नआएपछि खाली सिलिण्डरको थुप्रो लग्यो । ती सिलिण्डर कसरी छिटो ल्याएर उपयोग गर्ने भन्नेमा डाक्टर र स्वास्थ्यकर्मी आत्तिए । २४ घण्टामा आइपुगेपछि हतार–हतार अक्सिजन भित्राएर खाली सिलिण्डर फेरी पोखरा पठाउनु परेको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
‘सिलिण्डर ल्याएका गाडी चालकले खाजा खाने समय पनि नपाएर दौडनु परेको छ’ डा. पोखरेलले भने, ‘अक्सिजन सिलिण्डर धेरै देखेर पनि हुँदैन, समयमा भर्न पाइएन भने निकै गाह्रो हुन्छ ।’ पोखरामा पनि लामो लाइन बस्नुपर्ने, भरिदिने कम्पनीले नजिककालाई प्राथमिकता दिने र धौलागिरि अस्पतालबाट गएकालाई ढिला गरिदिने गुनासो बढेको छ । ‘पहिलो प्राथमिकता टाढाकालाई दिइएन भने अस्पतालमा थप दुर्घटना हुन सक्छ’ उनले भने, ‘नयाँ प्लान्ट जडानपछि यो समस्या केही कम हुनेछ ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले अहिलेसम्म ढिला भएपनि अक्सिजन पाइएकोले अझै सहज बनाउन पहल भएको बताए । सामाजिक विकास मन्त्रालयलाई पनि पटक पटक कुरा गरिरहेका थियौं, त्यसैले ठूलो समस्या आएको छैन’ राना मगरले भने, ‘उपप्रादेशिक अस्पतालको सूचिमा राखेकोले मन्त्रालयको पनि जिम्मेवारी हो, २ सय बेड संचालन गर्ने हो भने ढिलाइ गर्नै मिल्दैन ।’
त्यती बेलासम्म दुइवटा प्लान्ट संचालन हुने र केही सहज हुने रानाले बताए । ‘सिलिण्डर मात्रै भएर केही हुँदैन, अक्सिजनकै क्षमता बढाउने हो’ त्यसैले प्रतिमिनेट ५ सय लीटर अक्सिजन उत्पादन हुने व्यवस्थापन भैरहेको छ’ उनले भने, ‘चरम संकटको बेला समस्या भएपनि केही समयमै अभाव टर्दै जानेछ ।’ दाताले दिएका सिलिण्डर र तत्कालका लागि उद्योगबाट उठाएका नियमित भर्ने व्यवस्थापनबाट पनि सहज बनाइएको छ ।’
अस्पतालमा आउने अधिकांसलाई हाइफ्लो अक्सिजन दिनुपर्ने अवस्थाका छन् । ग्रामीण क्षेत्रमा र होम आइसोलसनमा बसेकाहरु सामान्य अवस्था छ । अस्पतालले भर्ने पद्दती पनि स्थापना गर्ने भएकोले आगामी दिनमा यहाँबाट ग्रामीण क्षेत्रमा पठाउने व्यवस्था गर्ने बताइएको छ । प्लान्ट र बेड थप गर्ने लगायतका कामसँगै दक्ष जनशक्ती पनि पुरा गर्ने अभियानमा अस्पताल व्यवस्थापनले काम गरेको हो ।
अस्पतालमा केही समयमै थप एम्बुलेन्स समेत ल्याउने तयारी छ । विदेशमा बस्नेहरु र दाताहरुको सहयोगमा भित्रने एम्बुलेन्स आएपछि बिरामी ल्याउन सहयोग पुग्ने अध्यक्ष रानाले बताए । आगामी आर्थिक वर्ष सामाजिक विकास मन्त्रालयबाटै शवबाहन आउने भएकोले अस्पतालमा पूर्वाधार प¥र्याप्त बन्दै जाने रानाले जानकारी दिए । संकटको बेला केही समस्या भएपनि लगातारको प्रयासबाट पूर्वाधार उपकरण र जनशक्ती युक्त बनाउने अभियान भने चलिरहेको रानाको भनाई छ ।
अस्पतालको सी ब्लक हस्तान्तरण हुनासाथ उपप्रादेशिक स्तरको बन्ने छ । जनशक्ती टिकाउने विषयमा भने नीतिगत कमजोरी रहेको डा. पोखरेलको बताउँछन् । नीतिगत रुपमा स्पष्ट व्यवस्थापन गर्न सकेमा आएका जनशक्ती कम्तिमा दुई वर्ष बस्ने र फेरिने बेला समयमै खबर गर्ने पद्दती बसाल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->