बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिदेशमा रहेका युवाले गरे बडिगाडलाई सहयोग

बिदेशमा रहेका युवाले गरे बडिगाडलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

बागलुङ, ९ जेठ– रोजगारी र पढाईको शिशिलामा विदेशमा रहेका नेपालीहरुले जिल्लाको बडिगाड गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना संक्रमणका कारण एकै गाउँका आठ जनाको मृत्यु भएपछि शोकमा रहेको गाउँपालिकालाई कोभिड विरुद्धको लडाईंका लागि विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।
गैरआवासिया नेपालि संघ पपुवा न्यु गिनीको सक्रियतामा संकलन भएको ५ पाँच लाख रुपैयाँबाट ३ वटा कन्सनट्रेटर मेसिन, २० बक्स माक्स, सर्जिकल ग्लोव्स र अन्य स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ ।  कतारमा रहेका बडिगाड स्थायी घर भएका युवाहरुले ५ वटा शैया उपलव्ध गराएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कतारमा रहेका प्रेम श्रीष मगरले सहयोग अभियान चलाएका थिए । जापानमा रहेका बडिगाडको पौडीबासीहरुको पहलमा ९ थान ठुलो अक्सिजन ग्यास सिलिण्डर र १ थान सानो गरी १० थान सिलिण्डर जापानमै रोजगारीको क्रममा रहेका कृष्ण केसी (खाती)ले हस्तान्तरण गरेका छन् ।
स्थानीय विष्णु आचार्यको सहकार्यमा ३ वटा कन्सनट्रेटर मेसिन गाउँपालिकालाई सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । कोरोना महामारीमा परेको बडिगाडमा स्वास्थ्य सामग्रीको अभाव रहेका समाचारहरु बाहिर आएपछि देशविदेशमा रहेका दाताहरुले सहयोग अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->