बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनस्वास्थ्यकर्मीको संयुक्त अपील : मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लेऊ

जनस्वास्थ्यकर्मीको संयुक्त अपील : मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लेऊ

महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिनु पर्दछ ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

काठमाडौं, ९ जेठ – सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् ।जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा. अरुणा उप्रेती डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बीसी र डा. कृष्णमान शाक्यद्वारा आइतबार जारी संयुक्त विज्ञप्तिमा संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले जनस्वास्थ्यकर्मीहरु चिन्तित र मर्माहित भएको उल्लेख गरिएको छ ।

‘अस्पतालको शय्या नपाएर कोभिडका बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यक औषधि र अक्सिजन नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा-गर्दै पनि अस्पतालको शय्यामा बिरामीहरुले ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैंमा विरोधाभासपूर्ण रहेको उनीहरुले बताएका छन् ।

कोभिड-१९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैंमा विरोधाभासपूर्ण रहेको उनीहरुले बताएका छन् ।

घोषित निर्वाचनमा देशमा भएको सीमित स्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने स्रोतमा कटौती भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनुपर्ने र असीम पीडा भोग्न बाध्य हुनुपर्ने अवस्थाप्रति उनीहरुले चेतावनी दिएका छन् ।

निर्वाचनको लामो प्रक्रिया आफैं कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने जोखिम रहेको भन्दै जनस्वास्थ्यकर्मीहरुले अन्य देशको उदाहरणबाट पनि सरकारले पाठ सिक्नुपर्ने बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘यो क्षम्य हुँदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौं । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन हामी माग गर्दछौं र नागरिकको स्वास्थ्य सुरक्षाप्रति सम्वेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->