बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अक्षेतेखोलामा युवतीको शव फेला

अक्षेतेखोलामा युवतीको शव फेला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७८, सोमबार

बागलुङ, १० जेठ – काठेखोला गाउँपालिका वडा नं. १ चनौटेकी १७ बर्षिय युवतीको सोमबार शव फेला परेको छ । अक्षेतेखोला किनारमा ती युवतीको शव फेला परेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

सोमबार बिहान ती युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खवर गरेका थिए । मृतक स्थानीय छायाँ थापा भएको पुष्टी भएको छ । खवर पाए लगत्तै जिल्ला प्रहरीबाट प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगर सहितको टोली घटनास्थल पुगेको थियो ।

घरमा सामान्य बिवाद हुँदा उनले भीरबाट हाम फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको हवारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->