बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौलाकालिकामा केवलकार बन्ने , रुख कटान सुरु

मौलाकालिकामा केवलकार बन्ने , रुख कटान सुरु


  • खगेन्द्र पराजुली
  • जेष्ठ ११ २०७८, मंगलबार

नवलपुर, ११ जेठ– गैंडाकोटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भएको छ । धार्मिक महत्व र पर्यटकीय गन्तव्यका रुपमा रहेको मौलाकालिका मन्दिरमा केवलकार पु¥याउन सोमबारबाट रुख कटान सुरु गरिएको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले जनाए ।
गैँडाकोट १ धारापानीमा बेस स्टेशन स्टेशन मन्दिर नजिक रहेको हेलिप्याडलाई अप स्टेशनको क्षेत्रका रुपमा तोकिएको छ । दुई वटा स्टेशन रहने केवलकारको लम्वाई १ हजार २ सय मिटर कायम हुँदा ६ वटा टावर रहनेछ । केवलकारमा १२ वटा डब्बा राखिनेछ भने एउटा डब्बामा ८ जना अट्नेछन् मौलाकाली केवलकार निर्माण प्रालि केवलकारको निर्माता हो । करिब २ अर्बको लागितमा बन्ने केवलकारमा स्थानीयको ४९ प्रतिशत सेयर रहने छ । परियोजना म्यानेजर गोकुल साउदका अनुसार एकवर्षभित्र केवलकार संचालनमा ल्याउने लक्ष्य छ ।
चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले निर्माणको जिम्मा लिएको उनले जनाए ।
अहिले सानाठूला गरी १ हजार ३८ वटा रुखहरु काट्नुपर्ने भएकाले कटानको काम शुरु भएको मेनेजर साउद बताउँछन् । यता, सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिह गुरुङले ध्यानपुर्वक रुख कटान गर्नुपर्ने भन्दै रुख कटान गरिएको नजिकै वृक्षरोपणको ठाउँ उपलब्ध गराउन आग्रह गरे । उनले त्यो ठाउँमा निर्माण कम्पनीले वृक्षरोपण गर्ने सहमति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->