शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट र ताराखोलामा प्रवासीबाट अक्सिजन सहितका सामाग्री सहयोग

गलकोट र ताराखोलामा प्रवासीबाट अक्सिजन सहितका सामाग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७८, मंगलबार

बागलुङ, ११ जेठ– गलकोट घर भएर बिभिन्न स्थानमा छरिएर रहेकाले स्थापना गरेको स्वर्गभूमी फाउण्डेसनले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा चाहिने अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

फाउण्डेसनका प्रतिनिधि ईल्सन थापा सहितका प्रतिनिधिले गलकोट नगरप्रमुख भरत शर्मा गैरे र ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलाई स्वासथ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणले अप्ठ्यारोमा परेका, बिरामी भएका नागरिकको उपचारमा ती सामाग्री प्रयोगमा ल्याइने बताइएको छ ।

फाउण्डेसन मार्फत संकलित ८ लाख रुपैयाँका सामाग्री हस्तान्तरण भएको अध्यक्ष भुपेन्द्र खत्रीले बताए । गलकोटबाट रोजगारी, अध्ययन र व्यवसायकालागि छरिएर बसेका युवाहरुले यो सहयोग जुटाएका हुन् । फाउण्डेसनले संयोजन गरेपछि गलकोट समाज जापान, गलकोट घुम्टे विकास मंच काठमाण्डौ, गलकोट महिला समूह, गलकोट समाज अष्ट्रेलिया, बागुङ सेवा समाज क्यानडा गलकोट समाज युके, निलुवा समाज चमुवा जापान लगायतका सामाजिक संघसंस्था र मनकारी व्यक्ति बाट समेत सहयोग जुटाइएको खत्रीले जानकारी दिए ।

फाउण्डेसनले गलकोट कोरोना अस्पतालकालागि ७ वटा अक्सिजन सिलिण्डर सहितका सामाग्री र ताराखोला गाउँपालिकाकोलागि ३ वटो सिलिण्डर दिएको हो । त्यस बाहेक १६ वटा अक्सिजन फ्लो मीटर, १६ वटा रेगुलेटर, सजिकल मास्क २४ प्याकेट, एन ९५ मास्क ६८ वटा, अक्सिजन की ५ वटा, फेस सिल्ट ३० वटा, पल्स अक्सीमीटर २० वटा, अक्सिजन मास्क २० वटा, हाइफ्लो मास्क ७ वटा पीपीइ १५ वटा सहयोग गरेको हो । त्यस्तै २१ प्रकारका औषधी गलकोटकालागि सहयोग भएको हो ।

ताराखोलाकालागि अक्सिजन फ्लो मीटर ४ वटा, रेगुलेटर ४ वटा, सर्जिकल मास्क १४ प्याकेट, एन ९५ मास्क ३० वटा, अक्सिजन कि ३ वटो, फेस सिल्ड २० वटा, पल्स अक्सिमीटर ४ वटा, अक्सिजन मास्क ४ वटा दिइएको बताइएको छ । त्यस्तै ताराखोलाकालागि १० थान पीपीइ र २० प्रकारका औषधि दिइएको फाउण्डेसनका स्वास्थ्य बिभाग प्रमुख डा. बोधराज गौतमले बताए ।

सामाग्री पाएपछि गलकोट नगरप्रमुख भरत शर्मा गैरेले बिदेशमा रहेका र छरिएर बसेका गलकोटेबाट आएको सहयोगलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । उनले महामारी रोकथाममा गरेको सहकार्यको प्रसंसा गर्दै नगरपालिकाले पनि सक्दो प्रयास गरिरहेको जानकारी दिए । ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले स्वास्थ्य सामाग्री अभावमा कोहीपनि समस्यामा नपर्ने गरी काम गर्ने बताए । उच्च सर्तकताकासाथ काम गरेकोले समयमै संक्रमण नियन्त्रणमा लिने समेत उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->