बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुआहाराले दियो स्वास्थ्य सामग्री

सुआहाराले दियो स्वास्थ्य सामग्री


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १२ २०७८, बुधबार

बागलुङ, १२ जेठ– जिल्लाभरी पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा परियोजनाले जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
स्वास्थ्य कार्यालयमार्फत गाउँ गाउँसम्म पु¥याउन ती सामग्री सहयोग गरिएको हो । बागलुङमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सुआहारा परियोजनाको काम गर्दै आएको छ । परियोजना र फाउण्डेसनका प्रतिनिधि स्वास्थ्य कार्यालय पुगेर ती सामग्री हस्तान्तरण गरेका हुन् ।
बुधबार बिहान कार्यालयमा फाउण्डेसनका कार्यकारी निर्देशक प्रमानन्द कंडेल र परियोजनाकी पोषण अधिकृत रुवी जोशीले जिल्ला समन्वय समिति बागलुङका राजेन्द्र ढुंगाना समेतको उपस्थितिमा सामान हस्तान्तरण गरेका हुन् । उनीहरुले ७८ हजार २ सय ५० थान सर्जिकल मास्क, एन ९५ मास्क ५ सय थान, १ हजार ३५ वटा बोतलमा १ सय ३७ लीटर सेनिटाइजर र ३० थान पीपीई सहयोग गरेका हुन् ।
कार्यक्रममा सहभागि जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले विपत् परेको बेला सहयोग गर्ने नेपाली संस्कारले जोखिम न्युनिकरणमा सहयोग पुगेको बताए । उनले यसअघि र आगामी दिनमा पनि अन्य संस्थाले गरेको सहयोगबाट उपचार सहज बन्दै गएको बताए । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले पनि सहयोगलाई वडा तहसम्म पुग्ने गरी वितरण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->