शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हेरिटेजको सहयोग

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हेरिटेजको सहयोग


  • टिकाराम भट्टराई
  • जेष्ठ १२ २०७८, बुधबार

बुर्तिबाङ (बागलुङ), १२ जेठ– पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली हेरिटेज च्यारिटी फाण्डेशन अफ विसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न फाण्डेशनका प्रतिनिधि जित शेरचनले ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीलाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
रोजगारीको शिलशिलामा क्यानडामा बसोबास गर्ने फाण्डेशनका अध्यक्ष देबेन्द्र मल्लको आर्थिक सहयोगमा करिब ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री केन्द्रलाई उपलब्ध गराएको शेरचनले जानकारी दिए ।
फाउण्डेसनले ढोरपाटन कोभिड अस्पताललाई ३ थान कन्सटेटर, अक्सीमिटर २५ थान, ४ हजार सर्जिकल मास्क, २० लिटर सेनिटाईजर, ८ सय थान सिटामोला र बिरामीको लागि १५ थान तन्ना हस्तान्तरण गरेको हो । मल्लको सहयोगमा जित शेरचन र काठमान्डौं बस्दै आएका विपिन मल्लको संयोजनमा सामग्री खरिद गरि हस्तान्त्रण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जुनसुकै पार्टीमा आस्थावान रहेपनि पहिलो प्राथमिकता जनताको स्वास्थ्य उपचार रहेको बताउदै शेरचनले सबैको हातेमालो र सहकार्यले मात्र कोरोनालाई पराजित गर्न सकिने बताए ।
स्वास्थ्य सामग्रीहरु ग्रहणपछि बोल्दै ढोरपाटनका नगरप्रमुख देव कुमार नेपालीले सहयोगदातालाई धन्यवाद दिँदै महामारीको समयमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाई एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->