शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडिगाडमा कोरोनाका शंकास्पद बिरामीको मृत्यु

वडिगाडमा कोरोनाका शंकास्पद बिरामीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७८, बिहिबार

बागलुङ, १३ जेठ– बडिगाड गाउँपालिका वडा नं. ८ का ४२ बर्षिय पुरुषको बिहिवार बिहान मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणले केही दिन देखि बिरामी परेका ती युवालाई उपचारकोलागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।
स्थानीयले बिहान ४ बजे अस्थायी कोरोना अस्पताल रहेको त्रिभूवन माबि आइसोलेसन ल्याएका थिए । ल्याएको केही समयमै उनको मृत्यु भएको बताइएको छ । गाउँ गाउँमा कोरोना परीक्षण गर्न समेत नसकिएकोले बडिगाडमा घर घरमै संक्रमित रहेका छन् ।
उनीहरु कतिपयले जानकारी समेत नगर्दा खोजीमा समस्या भैरहेको स्वास्थ्य शाखाका प्रमुख चुडामणी कंडेलले बताए । यस्तै बुधबार पनि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङको आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको थियो । उनको पनि परीक्षण नहुँदै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->