बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले जैमिनीमा दुई घर जोखिममा

पहिरोले जैमिनीमा दुई घर जोखिममा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार

बागलुङ, १४ जेठ– निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा दुई घर जोखिममा परेका छन् । घरमुनी र घरमाथीबाट खसेको पहिरोका कारण राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको घर जोखिममा परेका हुन् ।
यसैवर्ष निर्माण भएको आशोकको नयाँ घरको जग नजिकैबाट पहिरो खसेको छ । अशोकको घरमुनी रहेको रविलालको घर पुरिने अवस्थामा छ । निरन्तर वर्षा भैरहेकाले पहिरो नरोकिएको राङखानीका स्थानीय मित्र थापाले बताए । दुवै घरका परिवार छिमेकीको घरमा बसेका छन् । स्थानीय युवाहरुको सक्रियतामा पहिरो पन्छाउने काम भैरकेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->