शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट बागलुङको बुर्तिवाङ र बरेङमा दुइजनाको मृत्यु

कोरोनाबाट बागलुङको बुर्तिवाङ र बरेङमा दुइजनाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार

बागलुङ, १४ जेठ– शुक्रबार बागलुङको बुर्तिवाङ र बरेङमा गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ र बुर्तिवाङका दुवैजना ६५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश घिमिरेले बताए ।
घरघरमै बिरामी परेका उनीहरुलाई उपचारकालागि नजिकको स्वास्थ्य संस्थामा ल्याइएको थियो । बिहिवार मात्रै उनीहरुको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ पुष्टी भएको थियो ।
ढोरपाटन नगरपालिका वडा नं. ५ का पुरुषको शुक्रबार पौने ५ बजे बुर्तिवाङ अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो भने अर्का पुरुषको बरेङ गाउँपालिकाले बनाएको आइसोलेसनमा मृत्यु भएको हो । दुवै जनाको बिहिवार बेलुकी मात्रै कोरोना पुष्टी भएको थियो । ज्वरो, खोकी र शरीर दुख्ने समस्या भएपछि उनीहरु आइसोलेसनमा आइपुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->