पोखरा १५ जेठ-विश्वकप फुटबल छनोटको तयारीमा रहेको नेपालले इराकसंग मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल २ गोलले पछि परेको छ । पहिलो हाफ सकिदासम्म नेपाल इराकसंग २-४ ले पछि परेको छ ।
खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।
तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै अन्जन विष्टको प्रहार रोक्ने प्रयास गरेपनी बलले जालीको दिशा चुमेको थियो ।
नेपालले खेलको ३० औं मिनेटमा मनिषको गोलमा अग्रता लियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए । ३८ औं मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै बराबरी गोल फर्काए । इन्ज्युरी समयमा गबधनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे ।





