बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार
तस्बिरः प्रधानमन्त्रीको सचिवालय

पोखरा, १८ जेठ – सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रस्तावअनुसार यो निर्णय गरिएको हो। यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।

यस वर्षको एसइई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन। गत वर्ष परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरिएको थियो।

गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए। तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोर्‍याएर अभ्यास गर्न त टाढाकै कुरा, कोर्स नै पूरा हुन सकेको छैन।

गत वर्ष एसइईमा आन्तरिक मूल्यांकनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो ।

कार्यविधिअनुसार गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्म निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा पठाएको नतिजा प्रमाणीकरण गरेको थियो ।

कार्यविधि अनुसार मूल्यांकन समितिले बोर्डले तोकेअनुरुप विद्यार्थीको प्राप्तांक शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->