बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चट्याङ लागेर घाइते बालकको मृत्यु

चट्याङ लागेर घाइते बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार

बागलुङ, १८ जेठ– चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका बडिगाड गाउँपालिका वडा नं. ४ का १७ वर्षिय सुवास पेमीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इक्वाल हवारीले बताए । मंगलबार दिउँसो बादलिएपछि अनाचक चट्याङ परेको थियो । बागलुङमा पछिल्लो एक साता यता हावाहुरी र बर्षाका कारण जनधनको क्षति भैरहेको छ ।
यस्तै चट्याङले लागेर बडिगाड –४ जलजला (भुल्ने टोल )मा ११ बर्षिया सृष्टि राकस्कोटि लाई चोट लागेको स्थानीय राजन पाईजाले बताए । सोही ठाउ बस्ने रूपचन बुढाथोकिका दुई घर पूर्णरूपले क्षती भएको भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->