बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा लागुऔषधसहित चार जना पक्राउ

नवलपुरमा लागुऔषधसहित चार जना पक्राउ


  • खगेन्द्र पराजुली
  • जेष्ठ १८ २०७८, मंगलबार

नवलपुर, १८ जेठ– नवलपुर प्रहरीले लागुऔषधसहित चार जनालाई नवलपुरबाट नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
कावासोतीको फलफूल चोक स्थित पूर्वपश्चिम मुख्यमार्गमा प्रहरीले गरेको चेकजाँचका क्रममा २ जनालाई पक्राउ गरेको हो । दुम्किवास र गैंडाकोटबाट एक–एक जना गरी थप २ जना पक्राउ परेका हुन् ।

ना४३प ७४७८ नम्बर को स्कुटरमा पश्चिमवाट पुर्वतर्फ जाँदै गरेका भरतपुर महानगरपालिका–१६ का डम्बरजंग गुरुङ र बुद्ध बहादुर गुरुङलाई प्रहरीले सोमवार साँझ कावासोतीवाट नुफिन ६९ एम्पुल, डाईजापाम ६९ एम्पुल र फेनरागन ६९ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, ना४०प ३५८१ नम्बर को स्कुटरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका रुपन्देही सिद्धार्थ नगरपालिका १२ का सुनिल अहिरलाई विनयीत्रिवेणी–१ दुम्कीबासबाट सोमवार साँझमा नै स्पास्मो ३७ ट्याब्लेट, नाईट्रोजिम ५८ ट्याब्लेट र एक सय एमएलको ओनेरक्स ७ बोतल प्रतिवन्धित लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गैडाकोट नगरपालिका २ नारायणी पुलमा सवारी चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ग१ख ७४९८ नम्बरको ट्रकका चालक मंगलवार बिहान लागुऔषधसहित पक्राउ परेका छन् ।
ट्रक चालक भरतपुर महानगरपालिका–१६ का नोलसिंह गुरुङले डाईजोपाम ५९ एम्पुल, नुफिन ६० एम्पुल र फेनरागन ६२ एम्पुल लागुऔषध चालक सिट मुनी लुकाई–छिपाई राखेको अवस्थामा भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->