नवलपुर, १८ जेठ– नवलपुर प्रहरीले कावासोतीमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।
चोरी भएका सामाग्रीसहित चोरीमा संलग्नलाई मंगलवार प्रहरीले सार्वजनिक गरेको हो ।
कावासोती–१ का २७ बर्षीय कृष्णबहादुर परियार र देवचुली–१६ का ३९ बर्षीय मोटे हरि भन्ने हरिजन दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीका सामग्री वेच्न ग्राहकको खोजीमा रहेको सूचनाको आधारमा उनीहरुको घरवाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न दुवै जनाको घरवाट प्रहरीले सुन, चाँदी, टेलिभिजन, भाडाबर्तन, खाद्य सामग्री, मोबाइल सेट, चोरीको बेला प्रयोग गर्ने हतियारहरु समेत बरामद गरेको छ ।
उनीहरुले बैशाख २३ गतेदेखि जेठ १५ गतेसम्म विभिन्न ५ घरमा चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।





