बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शान्ति समाजद्वारा कैदीबन्दीका लागि स्वास्थ्य सामाग्री सहयोग

शान्ति समाजद्वारा कैदीबन्दीका लागि स्वास्थ्य सामाग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

बागलुङ, १९ जेठ– मानव अधिकार तथा शान्ति समाज बागलुङले आफ्नो स्थापना दिवशको अबसर पारेर बागलुङ कारागारका कैदीबन्दलाई स्वास्थ्य सामाग्री बितरण गरेकोछ ।
कोरोना संक्रमण फैलिएमा एकैपटक धेरै जना पीडित हुने देखेपछि बुधवार कारागारमा रहेका कैदीबन्दीकालागि चाहिने सामाग्री बितरण गरिएको समाजका बागलुङ शाखा सभापति हरि शर्मा हरिशले बताए ।
कार्यक्रममा शमाृले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसा प्रति समाजले स्थापनाकाल देखि प्रतिबद्धता जनाएकोले महामारीमा पनि जोखिमका क्षेत्रमा सहयोग र सहकार्य बढाएको बताए । उनले सबै नागरिक महामारीबाट बच्न पाउनुपर्ने नैसर्गिक अधिकार सुरक्षित गर्न यो सहयोग गरिएको जानकारी गराए । उनले ठूलो सहयोग नसकेपनि सांकेतिक सहयोग गरेको बताए । कारागारमा महिला र पुरुषगरी १ सय ५० जना कैदीबन्दी छन् ।
कैदीबन्दीकालागि मास्क, सेनिटाइजर, साबुन लगायतका सामाग्री शर्माले कार्यालयका नायव सुब्बा धु्रबदत्त पन्तलाई हस्तान्तण गरे । समाजका तर्फबाट सचिव निलकण्ठ शर्मा, कोषाध्यक्ष फडिन्द्र आचार्य, प्रहरी सहायक निरिक्षक हर्कबहादुर सिंह लगायतले कैदीबन्दीको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए । विधिको शासनको मान्यता राख्दै २०५३ जेठ १९ गते समाजको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->