बागलुङ, १९ जेठ– कोरोना महामारीसँग जुध्न बागलुङको एक सहकारी संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण अभियान थालेको छ । काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले वडा कार्यालयलाई स्वास्थ्य सामग्री उपलव्ध गराउँदै अभियानको थालनी गरेको हो । बुधबार संस्थाले वडा कार्यालयलाई माक्स, सेनिटाईजर, पिपिई लगायतका स्वास्थ्य सामग्री हस्तारन्तरण गरेको छ । काठेखोला गाउँपालिकाभित्र तिव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई रोक्न वडालाई सहज होस् भन्ने उद्देश्यले ३० प्याकेट मास्क, ५ थान पीपीई, र १ सय एमएलका ३० थान स्यानिटाइजर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गिर बहादुर पुनले जानकारी दिए । काठेखोला गाउँपालिका वडा नं.४ तग्रामको वडा कार्यालयमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामाग्री वडा अध्यक्ष केशर बहादुर थापालाई संस्थाका उपाध्यक्ष बिष्णु बहादुर थापा, सचिव टिका संगम बिक, कोषाध्यक्ष थिर बहादुर राना, सदस्य जीत बहादुर सुनार, दिपक थापा र प्रबन्धक जिवन पुनले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । संस्थाले आफ्नो स्थापना कालदेखि नै सामाजिक विकास र रुपान्तरणका लागि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कोभिड १९ अभियानअन्र्तगत बिहिबार काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा सामग्री बितरण गरिने सचिव बिकले बताए ।





