बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लागुऔषध र बन्दुकसहित दुई युवा पक्राउ

लागुऔषध र बन्दुकसहित दुई युवा पक्राउ


  • टिकाराम भट्टराई
  • जेष्ठ २० २०७८, बिहिबार

(बुर्तिवाङ) बागलुङ, २० जेठ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ बाट लागुऔषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय बुर्तिबाङको गस्तीमा खटिएको प्रहरीले भाँगी गाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
युवाहरुले घरमा लुकाईछिपाई राखेको करिब साढे दुई किलो चरेश र ७ किलो गाजाको धुलोसहित एक थान भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो । सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरु सँगबाट चरेश, गाजाको धूलो र भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताए ।
गाजाको कारोवार गरेको भन्ने सूचना पाएपछि प्रहरीले खोजतलास थालेको थियो । पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका वडा नं. ४ भाँगीका ३४ वर्षिय जित बहादुर पुन र सोही ठाउँ बस्ने वर्ष ३८ का डम्बर बहादुर पुन रहेका छन् ।
जितबहादुरको घरबाट साढे दुई किलो गाजाको धुलो र डम्बर बहादुरको घरबाट साढे दुई किलो चरेस, साढे चार किलो गाजाको धुलो र एकथान एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक वन्तले बताए ।
उनीहरु दुबै जनालाई आवश्यक सोधपूछपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->