नवलपुर, २० जेठ – नवलपुरको विनयी त्रिवेणीस्थित भित्री सडकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छभने मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् ।
विनयी त्रिवेणी ४ पाखापानीमा ना५५प ९७८९ नम्वरको मोटरसाईकको ठक्करवाट पाल्पा माथागढी गाउँपालिका–४ का २७ बर्षिय हर्कबहादुर डिस्वाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाईते भएका मोटरसाईकल चालक विनय त्रिवेणी–४ सर्दीका २८ वर्षका कपिल भुसाल र २५ वर्षका सागर भुसालको अस्पतालमा उपचार भैरहेको जनाईएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै, हुप्सेकोटको एक सामुदायिक बन क्षेत्रमा स्थानीय एक ब्यक्ति मृतावस्थामा फेला परेका छन् । देवीथुम्की सामुदायिक बनस्थित झ्यालबासबाट सत्कुन जाने भित्री बाटोमा मृतावस्थामा मानिस रहेको सूचनाका आधारमा घटनास्थलमा प्रहरी पुगेर शवको प्रकृति मुचुल्का सहित अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका वडा नं. ४ का अन्दाजी ६७ बर्षिय देवबहादुर सोती मृत भेटिएका हुन् ।
यता, नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना मजदुर हराईरहेका छन् । मध्यविन्दु नगरपालिकाको वडा नं. २ सेहरीघाटमा तटवन्धको काममा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका – २ का २१ बर्षीय पदमबहादुर थापा पौडी खेल्ने क्रममा नारायणीमा बेपत्ता भएकोमा खोजतलास कार्य भैरहेको प्रहरीले जनाएको छ ।





